०१ साउन २०८३, शुक्रबार

११ महिनापछि शेयर बजारमा २१ अर्बभन्दा बढीको कारोबार

साउन ४, २०८२
काठमाडौं
११ महिनापछि शेयर बजारमा २१ अर्बभन्दा बढीको कारोबार

११ महिनापछि शेयर बजारमा २१ अर्बभन्दा बढीको कारोबार भएको छ । आइतबार शेयर बजारमा ११ महिनापछि २० अर्ब बढीको कारोबार भएको हो ।

आइतबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ०.३२ अंकले घटेर २८७०.९५ को विन्दुमा कायम भएको छ ।​ आज २१ अर्ब ४६ करोड ४९ लाख ९५ हजार रुपैयाँ कारोबार भएको छ ।​ 

अन्तिमपटक २०८१ भदौ २ गते २८ अर्ब ३९ करोड रुपैयाँ बढीको कारोबार भएको थियो । त्यसयता भदौ ९ गते १९ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएको थियो ।

गत साताको अन्तिम कारोबारका दिन बिहीबार परिसूचक ७५.८४ अंकले बढेर २८७०.६३ को विन्दुमा बन्द भएको थियो ।

आज उन्नती सहकारी लघुवित्त वित्तीय संस्था र सान्भी इनर्जी लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्