काठमाडौं, ७ माघ– अमेरिकी राष्ट्रपति बाराक ओबामाले रुसले युक्रेनको सम्प्रभुतामाथि अतिक्रमण नरोकेसम्म उसमाथि लाग्दै आएको प्रतिबन्ध नहटाउन नवनिर्वाचित राष्ट्रपति डोलाल्ड ट्रम्पलाई आग्रह गरेका छन् , आजको आजधानी दैनिकमा खबर छापिएको छ ।
ह्वाइट हाउसमा ८ वर्ष बिताएका ओबामाले आफ्नो अन्तिम पत्रकार सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शीतयुद्धकालीन दिनलाई स्मरण गराउने गरी दुई देशबीचको सम्बन्धलाई सत्रुतापूर्ण बनाएको ओबामाले बताए ।नवनिर्वाचित ट्रंपले आजै पद तथा गोपनियताको सपथ लिँदैछन् ।