१० असार २०८३, बुधबार

तारकेश्वरको टुसालचौर खेल मैदानमा एक महिला मृत भेटिइन्

साउन ५, २०८२
काठमाडौं
तारकेश्वरको टुसालचौर खेल मैदानमा एक महिला मृत भेटिइन्

काठमाडौंको तारकेश्वर नगरपालिका–८ स्थित पिपलडाँडा टुसालचौर खेल मैदानमा  महिला मृतावस्थामा फेला परेकी छिन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले टुसालचौर खेल मैदानको बारमा धादिङ ज्वालामुखी गाउँपालिका–३ घर भई हाल तारकेश्वर–४ शेषमति बस्ने २६ वर्षीय तिलमाया तामाङ झुण्डिएको अवस्थामा मृत फेला परेको  जानकारी दिए ।  

तिलमाया गए रातिदेखि हराएको उनकी दिदी केशरीमाया पुलामीले जानकारी दिइन् ।

salt training

कमेन्ट गर्नुहोस्