१० असार २०८३, बुधबार

दूधौलीमा युवकको शव फेला

साउन ५, २०८२
सिन्धुली
दूधौलीमा युवकको शव फेला

सिन्धुलीको दूधौली नगरपालिका–२ लामिडाँडामा एक युवकको शव फेला परेको छ । उनको नाम थर र ठेगाना खुल्न सकेको छैन ।

दूधौली–२ स्थित मधुगङ्गा महादेवको दर्शन गर्न आएका युवकको शव फेला परेको जानकारीमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।

शव फेला परेको स्थानीयवासीले जानकारी दिएपछि प्रहरीले यसबारे अनुसन्धान गरिरहेको उनले बताए ।

दूधौली–२ का वडाअध्यक्ष रितेश राउतका अनुसार ति युवक मधुगङ्गा महादेवको दर्शन गर्न आएका थिए ।

स्थानीयवासीले घटनाबारे जानकारी दिएपछि प्रहरी उपरीक्षक लालध्वज सुवेदी नेतृत्वको टोली तथा इलाका प्रहरी कार्यालय डकाहाको टोली घटनास्थलमा गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्