३१ असार २०८३, बुधबार

एमाले जीवन्त पार्टी हो, विभिन्न छलफल, बहस र धारणा राख्न पाइन्छ- माधव ढुङ्गेल

साउन ५, २०८२
काठमाडौं
एमाले जीवन्त पार्टी हो, विभिन्न छलफल, बहस र धारणा राख्न पाइन्छ- माधव ढुङ्गेल

नेकपा एमालेका केन्द्रीय सदस्य एवं संगठन विभाग सचिव माधव ढुङ्गेलले एमाले जीवन्त पार्टी भएकोले पार्टीमा विभिन्न छलफल, बहस र धारणा राख्न पाइने बताएका छन्  । 

कुनै विशेष मुभमेन्टको बेलामा पार्टी र देशको रक्षाका लागि नेतृत्वको आदेश पूर्ण पालना गरेर कुनै प्रश्न नउठाइ अघि बढ्नु पर्ने भए पनि शान्त समयमा पार्टीभित्र आन्तरिक विषयमा छलफल, विचार विमर्श र बहस हुन आवश्यक रहेको र अहिले त्यही भएको उनले बताए । 

ढुङ्गेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सामान्य पार्टी कार्यकर्ता नभएर राष्ट्रको अभिभावक भइसकेको व्यक्तित्व भएको उल्लेख गरे । त्यसैले उनले पार्टीको सक्रिय राजनीतिमा आउने कुरा गर्दा सोची बिचारी निर्णय गर्नुपर्नेमा जोड दिए ।

‘एउटा साधारण पार्टी सदस्यले सदस्यता नवीकरण गर्ने विषयसँग विद्यादेवीको सदस्यता नवीकरणको विषय जोडिँदैन, त्यसैले सदस्यता नवीकरणको विषयको सुसेली हालिरहन आवश्यक छैन, उहाँ नेकपा एमालेको मात्र होइन राष्ट्रको पूँजी हो, त्यो सम्पत्तिलाई हामी कमजोर बनाउन चाहँदैनौं’, उनले भने । 

भण्डारी एमाले पार्टीको अभिभावक भएको बताउँदै उनले आवश्यक पर्दा पार्टीले एकमना एकताको साथ पार्टीमा ल्याएर नेतृत्व सुम्पने ढुङ्गेलले बताए । तर, उनलाई पार्टीमा चुनाव लडाएर नेता बनाउने गरी नल्याउने ढुङ्गेलले स्पष्ट पारे । एमाले पार्टीभित्र अहिले केपी ओलीको नेतृत्व सम्मानित रहेको ढुङ्गेलले बताए । 

ढुङ्गेलले पार्टी नेतृत्वले छलफल गरेर भण्डारीको भूमिका निर्धारण गर्ने बताए । ‘उस्तै पर्‍यो भने ११ औं महाधिवेशनको उद्घाटन नै उहाँले गर्नु हुन्छ कि, प्रमुख अतिथि उहाँ नै बन्नु हुन्छ कि, उहाँको मानमर्दन हुने गरी हामी पार्टीमा ल्याउनेवाला छैनौं’, उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्