
नेपालमा कोल्ड ड्रिङक्स (वेभरेज) अर्थात् पेय पदार्थको सबैभन्दा ठूलो उत्पादक वरुण वेभरेज रेटिङमा अब्बल देखिएको छ । रेटिङ एजेन्सी ईक्रा नेपालले गरेको रेटिङमा वरुण वेभरेज अब्बल देखिएको हो ।
रेटिङबाट कुनै पनि कम्पनीको आर्थिक अवस्था के कस्तो छ भन्ने कुरा थाहा पाउन सकिन्छ । वरुण वेभरेजलाई ईक्रा नेपालले सन् २०२५ मा ‘ए वान प्लस’ रेटिङ प्रदान गरेको हो ।
वरुणले सन् २०२१ देखि निरन्तर ‘ए वान प्लस’ रेटिङ प्राप्त गर्दै आएको छ । क्रेडिट रेटिङमा ‘ए’ वर्गमा दिइने रेटिङलाई अब्बल दर्जाको मानिन्छ भने, ए भन्दा माथि ए प्लस र एवान प्लसलगायतका वर्गमा दिइने रेटिङलाई उत्कृष्ट मानिन्छ ।
नेपालमा पेप्सी–कोलाको आधिकारिक विक्रेता ‘वरुण वेभरेज’ले प्राप्त गरेको रेटिङले कम्पनीको वित्तीय र सञ्चालन अवस्थालाई सबैभन्दा बलियो साबित गरेको कम्पनीले जनाएको छ ।
कुनै पनि कम्पनीले ५० करोड रुपैयाँभन्दा बढी ऋण लिनु परेमा अनिवार्य रूपमा रेटिङ गराउनुपर्छ । बैंकबाट ऋण लिँदा होस् वा आईपीओ निष्कासनलगायतका विभिन्न प्रयोजनका लागि कम्पनीको रेटिङ अनिवार्य छ । रेटिङमार्फत कम्पनीको आर्थिक अवस्था कस्तो छ भन्नेसमेत थाहा हुन्छ ।
सन् २०२१ मा नै वरुणले ए वान प्लस रेटिङ ल्याएको थियो । जुन सन् २०२५ मा पनि कम्पनीले कायम गरेको छ । अर्थात् कम्पनीले प्राप्त गरेको ए वान प्लस रेटिङ अहिलेसम्म पनि भ्यालिड छ ।
कुनै पनि कम्पनीलाई रेटिङ एजेन्सीले गरेको रेटिङ हरेक वर्ष रिभ्यू गरिन्छ । जहाँ कम्पनीको वित्तीय अवस्था खस्किएमा रेटिङ पनि घट्दै जान्छ ।
सन् २०२१ मा प्राप्त गरेको रेटिङले कम्पनीको बलियो वित्तीय र सञ्चालन प्रोफाइल, पेप्सीको ब्रान्डको बलियो बजार पहिचानलाई उजागर गरेको थियो । जुन अहिले पनि कायम छ ।
सन् २०२३ मा ईक्राले वरुणलाई ‘ए वना प्लस’ रेटिङ प्रदान गरेको थियो । सन् २०२३ फेब्रुअरी २० ईक्राले वरुण वेभरेज लाई पुन: ए वान प्लस रेटिङ दियो । यो अपग्रेड कम्पनीको बलियो वित्तीय र सञ्चालन प्रोफाइल, सन् २०२२ मा ३९ प्रतिशतको बजार हिस्सा, ०.१ गुणा गियरिङ र ३३ गुणा ब्याज कभरेजमा आधारित थियो ।
सन् २०२४ जुलाईमा ईक्रा नेपालले वरुण बेभरेङलाई पु:न ए वान प्लस रेटिङ प्रदान गर्यो । यसले कम्पनीको बलियो स्थितिलाई दर्साएको हो । कम्पनीलाई निजी क्षेत्रका साथै सरकारबाट पनि पटक पटक विशेष उद्योगको रूपमा सम्मानित गरिएको छ । यसका साथै वरुणलाई नेपाल सरकारले विशेष औद्योगिक क्षेत्रका तर्फबाट उत्कृष्ट करदाताका रूपमा पनि सम्मान गरिसकेको छ ।
त्यसैगरी ईक्राले बरुणलाई सन् २०२५ मा पनि ए वान प्लस रेटिङ दिएको छ । यसले कम्पनीको बलियो प्रदर्शन कायम रहेको देखाएको छ ।
नेपालमा हाल ईक्रा नेपाल र केयर नेपाल नाम दुई रेटिङ एजेन्सी सञ्चालनमा छन् ।
वरुण वेभरेज
सफ्ट ड्रिङक्सहरूमा सबैभन्दा पुरानो ब्रान्ड पेप्सी–कोलाले झन्डै ४० प्रतिशत बजार हिस्सा ओगटेको छ । विश्वभर चर्चित ब्रान्डका रूपमा स्थापित भएको पेप्सी–कोला नेपाली उपभोक्ताहरू माझ पनि त्यतिकै रोजाइमा पर्ने गरेको छ ।
विक्रम संवत् २०५५ सालमा नेपाल भित्रिएको पेप्सी–कोलाले नेपाली वेभरेज बजारको ४० प्रतिशत हिस्सा ओगटेको छ । सन् १९९८ मा वरुण वेभरेज काठमाडौंमा भित्रिएको थियो । अहिले उक्त स्थानलाई नै पेप्सी–कोला नामले चिन्ने गरिन्छ ।
पेप्सी–कोलाले माउन्टेन ड्यु, पेप्सी, मिरिन्डा, सेवन अप, स्टिङ (एनर्जी ड्रिंक)लगायतका सफ्ट ड्रिङक्सहरू पनि पेप्सी–कोलाकै उत्पादन हुन् ।
काठमाडौंमा पहिलो प्लान्ट स्थापन गरेर नेपाल भित्रिएको नेप्सी–कोलाले सन् २०१८ मा नवल परासीमा दोस्रो प्लान्ट स्थापना गर्यो । अहिले नवलपरासी र काठमाडौंमा दुवै प्लान्टहरू सञ्चालनमा छन् ।