०२ साउन २०८३, शनिबार

जंगली च्याउ खाँदा रुकुम पूर्वमा एकै परिवारका चार बिरामी, एक जनाको मृत्यु

साउन ६, २०८२
काठमाडौं
जंगली च्याउ खाँदा रुकुम पूर्वमा एकै परिवारका चार बिरामी, एक जनाको मृत्यु
फाइल तस्वीर ।

जंगली च्याउ खाँदा रुकुम पूर्वमा एकै परिवारका चार बिरामी परेका छन् । त्यसमध्ये एक जनाको मृत्यु भएको छ । 

भुमे गाउँपालिका-५ सेराबाङ बस्ने अन्दाजी ३५ वर्षीया रामकुमारी सुनार, उनकी छोरी ९ वर्षीया आयुषा विक, ६ वर्षीया छोरी भाग्य रेखा विक र छोरा ३ वर्षीय योजन विक साउन २ गते जंगली च्याउ खाएर बिरामी परेका थिए । 

उनीहरू सोमबार उपचारका लागि जिल्ला अस्पताल रूकुमकोट पुगेका थिए  । स्वास्थ्य अवस्था सुधार नभएपछि उनीहरूलाई थप उपचारका लागि मंगलबार जिल्लाबाहिर लैजाने क्रममा रामकुमारी, भाग्य रेखा र योजन सिकिस्त बनेका थिए । 

त्यसमध्ये ३ वर्षीय योजनको मंगलबार दिउँसो जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका डीएसपी उमाशंकर प्रसाद यादवले जानकारी दिए । 

रामकुमारी र भाग्य रेखाको अवस्था चिन्ताजनक रहेको र थप उपचारका लागि दाङ लगिएको छ । आयुषाको भने रुकुम पश्चिममा रहेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको र उनको अवस्था मध्यम रहेको डीएसपी यादवले बताए । 

salt training

कमेन्ट गर्नुहोस्