
गुल्मी र कास्कीका विभिन्न खोलाको आकस्मिक बहाव बढ्न सक्ने भएको छ ।
पछिल्लो एक घण्टामा गुल्मीको भर्से, कास्कीको सिक्लेस वर्षामापन केन्द्र र आसपासमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सो क्षेत्र भई बहने स-साना खोलामा आकस्मिक बहाव बढ्न सक्ने रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।