२३ जेठ २०८३, शनिबार

भारतले हतियारधारी सुरक्षाकर्मीलाई नेपालमा बास माग्यो

कात्तिक २०, २०७४
भारतले हतियारधारी सुरक्षाकर्मीलाई नेपालमा बास माग्यो
काठमाडौँ, ७ माघ -भारतबाट आउने जहाज काठमाडौंमा रोकिनुपरे त्यसमा चढेर आउने गरेका हतियारधारी सुरक्षाकर्मी (एयर मार्सल) लाई बासको व्यवस्था गरिदिन भारत सरकारले आग्रह गरेको खुलासा भएको छ, आजको कान्तिपुरमा खबर छ ।

भारतले हालै दुई देशका पर्यटन तथा नागरिक उड्डयनका उच्च अधिकारीहरूको बैठकमा यस्तो आग्रह गरेको हो । हवाई ट्राफिक तथा नयाँ रुटबारे पुस ५ गते नयाँदिल्लीमा भएको बैठकमा भारतीय टोली नेता अरुण कुमारले काठमाडौंका लागि उड्ने जेट एयरवेजमा आउने ‘इन–फ्लाइट सेक्युरिटी अफिसर’ (एयर मार्सल) लाई यदि रात्रि विश्राम गर्नुपरे काठमाडौंका होटलमा बस्न कठिनाइ हुने गरेको बताएको उक्त वार्तामा सहभागी एक अधिकारीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्