१० असार २०८३, बुधबार

हाम्रो पात्रोले पायो अस्ट्रेलियाको रेमिट्यान्स लाइसेन्स, पहिलो ५ हजार प्रयोगकर्तालाई विशेष अफर

साउन १२, २०८२
काठमाडौं
हाम्रो पात्रोले पायो अस्ट्रेलियाको रेमिट्यान्स लाइसेन्स, पहिलो ५ हजार प्रयोगकर्तालाई विशेष अफर

‘हाम्रो पात्रो’ले अस्ट्रेलियामा रेमिट्यान्स सेवा प्रदान गर्न आधिकारिक लाइसेन्स प्राप्त गरेको छ । यससँगै, अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूका लागि नेपालमा पैसा पठाउने प्रक्रिया अझ छिटो, सुरक्षित, पारदर्शी र किफायती बन्ने हाम्रो पात्रोले जनाएको छ । 

अब हाम्रो पात्रो रेमिटमार्फत् अस्ट्रेलियाबाट पठाइएको रकम सिधै नेपालका बैंक खातामा तत्काल पुर्‍याउन सकिने छ । यसरी पैसा पठाउँदा हाम्रो पात्रो रेमिटले उच्च विनिमय दरमा नै ट्रान्सफर सम्भव बनाउने छ ।

अस्ट्रेलियामा रेमिट्यान्स सेवा शुरू गरेको अवसरमा, हाम्रो पात्रोले सीमित अवधिको लागि विशेष अफर पनि ल्याएको छ। अफरअन्तर्गत, अष्ट्रेलियाबाट रेमिट्यान्स पठाउने शुरुवाती ५ हजार प्रयोगकर्ताहरूले अष्ट्रेलियन डलर १०० सम्मको रकम नेपाल पठाउँदा १ अष्ट्रेलियन डलर बराबर १०० को विशेष विनिमय दर प्राप्त गर्न सक्ने हाम्रो पात्रोले जनाएको छ । 

हाम्रो पात्रोको फिनटेक निर्देशक सुदिना गौतमका अनुसार यसको मुख्य उद्देश्य सधैं विदेशमा रहेका नेपालीहरूलाई आफ्ना परिवार, साथीभाइ र समुदायसँग जोड्ने माध्यम बन्नु हो । 'अस्ट्रेलियाबाट प्राप्त रेमिट्यान्स लाइसेन्ससँगै अब हामी त्यहाँ बस्ने नेपाली समुदायलाई अझ विश्वासिलो, छिटो र पारदर्शी सेवा दिन सक्षम भएका छौं,' उनले भने, 'यो सेवा विशेष गरी लुकेका शुल्क बिना, उच्च विनिमय दरमा, सुरक्षित माध्यमबाट रकम नेपालमा पठाउने सुनिश्चितता दिन्छ।'

salt training

कमेन्ट गर्नुहोस्