
रसुवाको गोसाइँकुण्डमा बेपत्ता भएका मोरङका दुई जना मृत फेला परेका छन् ।
आइतबार दिउँसोदेखि हराइरहेका मोरङको बेलबारी– ११, लक्ष्मीमार्गका २८ वर्षीय मनोज न्यौपाने र विराटनगर ३ का सुजन ढकालको आज शव फेला परेको मोरङका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए ।
मृतकका आफन्त विवेक मिश्रका अनुसार, फोटो खिच्ने क्रममा एक जना चिप्लिएर कुण्डमा खसेका थिए । उनलाई बचाउन जाँदा अर्का व्यक्ति पनि डुबेर बेपत्ता भएका थिए ।
आइतबार घटना हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली खोजी तथा उद्धारमा खटिएको थियो ।
उनीहरूको शव ल्याउने विषयमा छलफल भइरहेको मिश्रले बताए ।