०७ असार २०८३, आइतबार

दाङमा सर्पले डसेर प्रधानाध्यापकको मृत्यु

साउन १२, २०८२
दाङ
दाङमा सर्पले डसेर प्रधानाध्यापकको मृत्यु

दाङमा सर्पले डस्दा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राजपुर गाउँपालिका– ३ खरदरियाका ५५ वर्षीय शालिकराम यादव रहेका जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए ।

आज बिहान उनलाई घरभित्र सर्पले डसेको थियो ।

यादवको उपचारको क्रममा आज नै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको प्रहरीको भनाइ छ ।

शालिकराम यादव शङ्कर माध्यमिक विद्यालय खरदरियामा प्रधानाध्यापकको रूपमा कार्यरत थिए । 

salt training

कमेन्ट गर्नुहोस्