२५ जेठ २०८३, सोमबार

बीसीसीआईको कार्यालयबाटै आईपीएलको जर्सी चोरिएपछि...

साउन १३, २०८२
काठमाडौं
बीसीसीआईको कार्यालयबाटै आईपीएलको जर्सी चोरिएपछि...

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)को कार्यालयमा चोरी भएको छ । चोरले पैसा नभई इन्डियन प्रिमियर लिग (आईपीएल)को जर्सीमात्र चोरेको दाबी गरिएको छ ।​

​बीसीसीआईको कार्यालय मुम्बईको वानखेड स्टेडियममा रहेको छ । चोरीमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ । चोरी गर्ने व्यक्ति बीसीसीआईकै एक कर्मचारी भएको बताइएको छ ।

बीसीसीआईमा सुरक्षाकर्मीका रूपमा कार्यरत ४० वर्षीय ति व्यक्तिले आईपीएल–२०२५ को जर्सी चोरेको समाचारमा जनाइएको छ । चोरीमा संलग्न व्यक्तिको नाम असलम खान भएको बताइएको छ ।

उनले बीसीसीआई कार्यालयबाट दुई सय ६१ वटा जर्सी चोरी गरेको पाइएको छ । एउटा जर्सीको मूल्य दुई हजार पाँच सय भारतीय रुपैयाँ पर्ने पनि समाचारमा जनाइएको छ । चोरी भएको सम्पूर्ण जर्सीको मूल्य भने दुई लाख ५२ हजार भारतीय रुपैयाँ रहेको बताइएको छ ।

चोरीको घटना थाहा पाएपछि बीसीसीआईले स्थानीय प्रहरीमा उजुरी गरेको थियो । त्यसपछि प्रहरीले छानबिन अगाडि बढाएको थियो । छानबिनका क्रममा सीसीटीभी फुटेज हेर्दा असलम खानले एउटा ठूलो बाकस बोकेर बाहिर गएको देखिएको थियो ।

त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।

छानबिनका क्रममा असलम खान जुवाको लतमा फसेको रहस्य पनि खुलेको छ । जुवाको लतमा डुबेकै कारण आफूले जर्सी चोरी गरेको बयान उनले प्रहरीलाई दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्