
भोजपुरको षडानन्द नगरपालिकाले रु आठ करोड ३२ लाख लागतमा दिङ्लामा ३० कोठे कार्यालय भवन निर्माण गरेको छ ।
नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले २८ वर्षपछि पालिकाको आफ्नै तीनतले भवन बनेको र मङ्गलबारदेखि नयाँ भवनबाट सेवा प्रवाहले सुरु भएको जानकारी दिए ।
यसअघि भाडाको भवनबाट सेवा प्रवाह हुँदै आएको थियो ।