०५ साउन २०८३, मंगलबार

इङ्ल्यान्ड विरुद्धको निर्णायक टेस्टबाट बाहिरिए भारतीय बलर जसप्रित बुमराह

साउन १४, २०८२
काठमाडौं
इङ्ल्यान्ड विरुद्धको निर्णायक टेस्टबाट बाहिरिए भारतीय बलर जसप्रित बुमराह

भारतीय टोलीका प्रभावशाली बलर जसप्रित बुमराहले इङ्ल्यान्ड विरुद्धको पाँचौँ तथा अन्तिम टेस्ट खेल्न नसक्ने भएका छन् । इङ्ल्यान्ड र भारतबीचको पाँचौँ टेस्ट बिहीबारदेखि दी ओभलमा शुरू हुँदैछ ।

पाँच टेस्टको शृंखलामा घरेलु टोली इङ्ल्यान्ड २–१ ले अगाडि छ । पहिलो टेस्टमा इङ्ल्यान्ड पाँच विकेटले विजयी भएको थियो । दोस्रो टेस्ट भारतले तीन सय ३६ रनले जितेको थियो । तेस्रो टेस्टमा इङ्ल्यान्ड २२ रनले विजयी भएको थियो ।

शृंखलाको चौथो टेस्ट भने बराबरीमा सकिएको थियो । त्यसैले पाँचौँ टेस्ट दुवै टोलीका लागि निकै महत्वपूर्ण छ । खासगरी पाँचौँ टेस्टमा भारतीय टोली दबाबमा रहने छ । उक्त टेस्टमा पराजित भए भारतले शृंखला ३–१ ले गुमाउने छ ।

उक्त टेस्ट बराबरीमा सकिए पनि इङ्ल्यान्डले नै शृंखला २–१ ले जित्नेछ । तर, पाँचौँ टेस्टमा भारत विजयी भए शृंखला २–२ को बराबरीमा सकिने छ । त्यसैले आफ्ना प्रभावशाली तीव्रगतिका बलर जसप्रित बुमराहको अनुपस्थिति भारतका लागि ठूलो चिन्ताको विषय बनेको छ ।

स्वास्थ्य समस्याका कारण बुमराह टोलीबाट बाहिरिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले जनाएको छ । चिकित्सकहरूले पनि उनलाई आराम गर्न सुझाव दिएका छन् । उनको स्थानमा आकाशदीपलाई प्लेइङ–११ मा समावेश गरिने सम्भावना रहेको समाचारमा जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्