२४ जेठ २०८३, आइतबार
आईसीसी टी-२० वरीयता

अलराउन्डर वरीयताको दोस्रो स्थानमा उक्लिए नेपालका दीपेन्द्रसिंह ऐरी

साउन १४, २०८२
काठमाडौं
अलराउन्डर वरीयताको दोस्रो स्थानमा उक्लिए नेपालका दीपेन्द्रसिंह ऐरी

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा घोषित पछिल्लो टी-२० अन्तर्राष्ट्रिय वरीयताअन्तर्गत अलराउन्डरतर्फ नेपालका दीपेन्द्रसिंह ऐरी दोस्रो स्थानमा उक्लिएका छन् ।

पछिल्लो आईसीसी वरीयतामा उनी वेस्ट इन्डिजका प्रभावशाली खेलाडी रोस्टन चेजलाई पछि पार्दै अलराउन्डरतर्फ दोस्रो स्थानमा उक्लिएका हुन् । यसअघि उनी तेस्रो स्थानमा थिए ।

यसअघि दोस्रो वरीयतामा रहेका रोस्टन चेज एकैपटक नवौं स्थानमा पुगेका छन् । पछिल्लो वरीयतामा भारतका हार्दिक पाण्ड्या पहिलो स्थानमा छन् । उनी यसअघि पनि सोही स्थानमा थिए ।

अफगानिस्तानका मोहम्मद नाबी तेस्रो र इङ्ल्यान्डका लियाम लिभिङ्स्टोन चौथो स्थानमा आसिन छन् । नाबी एक र लिभिङ्स्टोन तीन स्थान माथि उक्लिएका हुन् ।

वेस्ट इन्डिजका रोमारियो सेफर्ड पाँचौं स्थानमा छन् । उनी विगतको तुलनामा एक स्थान माथि उक्लिएका हुन् । विगतको तुलनामा दुई स्थान माथि उक्लिएका श्रीलंकाका वानिन्दु हसरंगा छैटौं स्थानमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्