२४ जेठ २०८३, आइतबार

‘बी-१०’को पहिलो अन्तर्राष्ट्रिय बजार बन्यो नेपाल, रेन्ज र मोटर पावर उत्कृष्ट

साउन १४, २०८२
काठमाडौं
‘बी-१०’को पहिलो अन्तर्राष्ट्रिय बजार बन्यो नेपाल, रेन्ज र मोटर पावर उत्कृष्ट

चिनियाँ कम्पनी लीपमोटरको आधिकारिक बिक्रेता साङ्‌ग्रिला मोटर्सले बी-१० नेपालमा सार्वजनिक गरेको छ । योसँगै लीपमोटर बी-१० को पहिलो अन्तर्राष्ट्रिय बजार नेपाल बनेको छ । 

चीनमा गत अप्रिलमा सार्वजनिक भएको बी-१० युरोपमा पनि बिक्री शुरू हुने मोडल हो । युरोपियन अटोमोबाइल जाइन्ट स्टेलान्टीस ग्रुपको लगानी रहेको लीपमोटरले आगामी महिना युरोपमा बिक्री शुरू गर्दैछ ।

बी-१० को सार्वजनिक गर्दै साङ्‌ग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले भने, ‘बी-१० एसयूभी नेपालमा बिक्री सुरु गर्दैछौं । नाइमा मोबिलिटी एक्स्पोको कारण अन्य बजारमा भन्दा नेपालमा पहिला आयो । त्यसैले हामी अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा पहिला बी-१० बिक्री शुरू गर्दैछौं ।’

अहिले कम्पनीले गाडीको डिटेल सार्वजनिक गरे पनि मूल्य भने घोषणा गरेको छैन । आगामी साता आयोजना हुने नाइमा मोबिलिटी एक्स्पोमा नै यसको मूल्य घोषणा हुने बताइएको छ ।

कम्पनीले बी-१० एसयूभीलाई ६७.१ किलोवाट आवरको एलएफपी ब्याट्रीमा उपलब्ध गराएको छ । उक्त ब्याट्रीलाई ११ किलोवाट क्षमताको एसी चार्जर र १६८ किलोवाटसम्मको डीसी फास्ट चार्जरको प्रयोगबाट चार्ज गर्न सकिन्छ ।

नेपालको लागि निकै महत्त्वपूर्ण लाग्ने मोटर पावरमा पनि बी-१० अब्बल छ । यसमा १६० किलोवाट क्षमताको मोटर पाउन सकिन्छ । पीकटर्क भने २४० न्युटन मिटर प्रदान गर्छ । साथै, रियर ह्विल ड्राइभ सिस्टम भएको कारण यसको पर्फमेन्स पनि उच्च रहने छ ।

साइजको आधारमा पनि बी-१० पर्फेक्ट लाग्छ । यसको लम्बाइ ४५१५ एमएम, चौडाइ १८८५ एमएम र उचाइ १६५५ एमएम छ । यसमा २७३५ एमएम लामो ह्विलवेस छ । 

सहरी क्षेत्रमा नै ४६० किलोमिटर रेन्ज दिने दाबी गरिएको बी-१० एसयूभीमा एडास लेभल टु फिचर पाउन सकिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्