११ असार २०८३, बिहीबार

कास्कीमा पहिरोले पुरिएर एक जनाको मृत्यु, एक घाइते

साउन १४, २०८२
पाेखरा
कास्कीमा पहिरोले पुरिएर एक जनाको मृत्यु, एक घाइते

कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा बुधबार पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । 

घाचोकको लस्तीखोलास्थित हेमजा-माछापुच्छ्रे सडक खण्डमा बिहान खसेको पहिरोमा पुरिएर पोखरा महानगरपालिका–२५ का २३ वर्षीय तेजबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । 

उनका अनुसार सो स्थानमा बिहान ९:३० बजे पहिरो गएको थियो । दिउँसो २:२५ बजे पहिरो पन्छाउने क्रममा गुरुङको शव फेला परेको डीएसपी बस्नेतले जानकारी दिए । 

बङ्गुर फार्ममा दाना लिएर जाने क्रममा गुरुङ पहिरोमा पुरिएको प्रहरीले जनाएको छ ।

घटनामा स्थानीय शुक्ला गण्डकी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक माछापुच्छ्रे –३ निवासी ४६ वर्षीय सुरजमोहन पोखरेल घाइते भएका  छन् । 

उनको पोखराका मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । शिक्षक पोखरेललाई स्थानीयले उद्धार गरी अस्पताल लगेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्