२४ जेठ २०८३, आइतबार
मौसम पूर्वानुमान

दुई प्रदेशका केही ठाउँमा दिउँसो ठूलो पानी पर्ने सम्भावना

साउन १५, २०८२
काठमाडौं
दुई प्रदेशका केही ठाउँमा दिउँसो ठूलो पानी पर्ने सम्भावना

गएराति सुदूरपश्चिम प्रदेशको डोटी, अछाम, जाजरकोटलगायत जिल्लामा मध्यम वर्षा भएको हो । हाल बागमतीगायत गण्डकीका पहाडी भूभाग साथै मधेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई ठाएँमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज सुदूरपश्चिमगायत देशका पहाडी भू–भागका केही ठाउँ तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

बागमती र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

आज राति मधेश र सुदूरपश्चिमलगायत देशका पहाडी भूभागका थोरै स्थान तथा तराई भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।


 

salt training

कमेन्ट गर्नुहोस्