०४ असार २०८३, बिहीबार

बागमतीमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे ओलीलाई 'ब्रिफिङ'

साउन १५, २०८२
काठमाडौं
बागमतीमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे ओलीलाई 'ब्रिफिङ'

नेकपा (एमाले) बागमती प्रदेश कमिटीले प्रदेशमा विकसित पछिल्लो घटनाक्रमबारे प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जानकारी गराएको छ । 

एमाले बागमती प्रदेश कमिटी इञ्चार्ज डा. राजन भट्टराई नेतृत्वमा गएको टोलीले प्रधानमन्त्रीलाई प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले नेपाली कांग्रेस पार्टी संसदीय दलमा विश्वासको मत गुमाएर इन्द्र बानियाँ संसदीय दलको नेता निर्वाचित भएपछि उत्पन्न राजनीतिक परिस्थितिबारे जानकारी गराएको हो । 

‘सम्माननीय प्रधानमन्त्रीज्यूसँग वाग्मती प्रदेश सरकार र विकसित नयाँ राजनीतिक  परिस्थितिका सम्बन्धमा रिपोर्टिङ र छलफल भयो,' एमाले वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेलले भने, 'अब पार्टी कसरी अघि बढ्ने भन्ने विषयमा पार्टी अध्यक्षज्यूबाट निर्देशन प्राप्त भएको छ ।’

ओलीसँगको भेटमा प्रदेशको राजनीतिसँगै राष्ट्रिय राजनीतिका विषयमा पनि छलफल भएको उनको भनाइ छ । ‘प्रधानमन्त्रीसँग धेरै विषयमा छलफल भयो, उहाँबाट केही निर्देशनहरू पनि प्राप्त भएका छन्, सोही अनुसार पार्टी अगाडि बढ्छ’, उनले भने । 

प्रधानमन्त्रीसँगको भेटमा इञ्चार्ज भट्टराई, प्रदेश अध्यक्ष ढुङ्गेलसँगै, वाग्मती प्रदेश सभामा पार्टी संसदीय दलका नेता जगन्नाथ थपलियालगायतको उपस्थिति थियो ।

salt training

कमेन्ट गर्नुहोस्