०५ साउन २०८३, मंगलबार

पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम

साउन १५, २०८२
काठमाडौं
पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम

नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ घटाएको छ भने डिजेल तथा मट्टितेलको २ रुपैयाँ बढाएको छ । 

यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २१ डलरले बढाइएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

नयाँ मूल्य आजै रातिदेखि लागू हुनेछ ।  जसअनुसार अब काठमाडौँमा पेट्रोलको मूल्य १५९ रुपैयाँ कायम भएको छ भने डिजेलको १५० रुपैयाँ पुगेको छ । 
 

कमेन्ट गर्नुहोस्