
नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंगको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले यही साउन १८ देखि २० गतेसम्म 'मनसुन फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ ।
लगातार परिरहेको वर्षाले सवारी साधनमा विविध प्रकारका समस्या देखिन सक्ने सम्भावना मध्यनजर गर्दै क्याम्पको आयोजना गरिएको कम्पनीले जनाएको छ ।
यस क्याम्पमार्फत ग्राहकहरूले आफ्ना गाडीको निःशुल्क जाँच, विशेष छुटसहितको मर्मत सेवा लिन सक्नेछन् । साथै विशेषज्ञद्वारा मौसमको प्रकोपलाई कसरी कम गर्न सकिन्छ भनेर सल्लाह पनि कम्पनीले उपलब्ध गराउनेछ ।
कम्पनीले सबै सुजुकी ग्राहकहरूलाई यो अवसरको लाभ लिन र वर्षायाममा आफ्नो सवारीलाई उत्तम अवस्थामा राख्न आग्रह पनि गरेको छ।
सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनको साथै ३ जना भाग्यमानी ग्राहकले आकर्षक सर्भिस प्याकेज पनि जित्न सक्नेछन् ।
सर्भिस क्याम्पमा ग्राहकले नि:शुल्क एसी/हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउनेछन् ।
त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशतसम्मको छुट ग्राहकले पाउनेछन् भने लेबर चार्जमा २० प्रतिशत सम्मको छुट र स्पेयर पार्टस् तथा इन्जिन आयलमा १० प्रतिशतसम्मको छुट पाउने कम्पनीले जनाएको छ ।
सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प’ नेपालभरिका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ ।
५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।