१० असार २०८३, बुधबार

खोटाङमा ‘दिक्तेल कोदो बिस्कुट’को व्यावसायिक उत्पादन सुरू

साउन १७, २०८२
खोटाङ
खोटाङमा ‘दिक्तेल कोदो बिस्कुट’को व्यावसायिक उत्पादन सुरू

‘प्रथम राष्ट्रिय कोदो दिवस–२०८२’को अवसर पारेर शुभम् फाउण्डेशन दिक्तेल खोटाङले कोदोको बिस्कुट व्यावसायिक रूपमा उत्पादन सुरू गरेको छ । 

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको ५० प्रतिशत अनुदान सहयोगमा खरिद गरिएको उपकरण जडान गरेर शुभम् फाण्डेशनले ‘दिक्तेल कोदो बिस्कुट’ नामको कोदोको बिस्कुट व्यावसायिक रूपमा उत्पादन गरेर बजारमा ल्याएको हो । 

कोदोको पिठो, घ्यू, दूध र चिनी प्रयोग गरेर उत्पादन गरिएको १०० ग्रामको प्याकेटमा राखिएको बिस्कुटको मूल्य रु ५० राखिएको छ । नगरपालिकाको रैथाने बाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत शुभम् फाउण्डेशनले उत्पादन गरेको बिस्कुट जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, तीनवटै सुरक्षा निकायका प्रमुख, वडा नं २ सोल्माका वडाध्यक्ष ध्रुवविक्रम राईलगायतले संयुक्त रूपमा सार्वजनिक गरे । 

salt training

कमेन्ट गर्नुहोस्