
कठमाडौं, ७ माघ - अस्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबोर्नमा एउटा कार भीडमा गएर जोतिँदा कम्तीमा तीनजनाको मृत्यु भएको छ । बीसजना घाइते भएका छन् ।
शहरको मध्यभागमा उक्त घटना भएको बताइएको छ । कारचालकले जानीजानी भीडमा लगेर कार ठोक्काएको बताइएको छ । एक बालकसहित २० जना घाइते भएका छन् ।
प्रहरीका अनुसार चालकलाई पक्राउ गरिएको छ र यो पहिला भएको चक्कुप्रहार घटनाकै शृंखला हो । यसमा आतंकवादी संलग्नता पुष्टि भएको छैन ।
एजेन्सी