३१ जेठ २०८३, आइतबार

सुनसरीमा मोटरसाइकल दुर्घटना : १ जनाको मृत्यु, २ घाइते

साउन १७, २०८२
सुनसरी
सुनसरीमा मोटरसाइकल दुर्घटना : १ जनाको मृत्यु, २ घाइते

सुनसरीको दुहबी नगरपालिका– २ पचिरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

शुक्रबार राति करिब ९ः१० बजे सुनसरीको दुहबीमा को ६ प ५२४१ नम्बरको मोटरसाइकल र को ३२ प १५०४ नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।

खतिवडाका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका गढी गाउँपालिका–२ का १८ वर्षीय नजामुदिन मियाँको विराटनगरस्थित विराट नर्सिङहोममा उपचारका क्रममा बेलुका १०ः३० बजे मृत्यु भएको हो ।

उक्त दुर्घटनामा मियाँसँगै मोटरसाइकलको पछाडि सवार सोही ठाउँका १७ वर्षीय सबाद आलम घाइते भएका छन् । उनको विराट नर्सिङहोममै उपचार भइरहेको छ ।

त्यसैगरी, अर्को मोटरसाइकल को ६ प ५२४१ का चालक गढी गाउँपालिका–२ निवासी २२ वर्षीय विश्वजीत चौधरी गम्भीर घाइते भएका छन् ।

घाइते चौधरीको विराटनगरको विराट नर्सिङहोमको आकस्मिक कक्षमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि सोही मोटरसाइकलमा सवार महेश चौधरी भने फरार रहेको र खोजी भइरहेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्