१७ असार २०८३, बुधबार

यी व्यक्ति ४१ वर्षसम्म जंगलमा बसे, मुसा खाएर बाँचे

मंसिर २४, २०७४
यी व्यक्ति ४१ वर्षसम्म जंगलमा बसे, मुसा खाएर बाँचे

काठमाडौं, २४ मंसिर — भियतनामको जंगलमा बसेका हो वान लाङले जंगलमा मुसाको भरमा आफूलाई जिउँदो राखेको कुरा संसारलाई बताएका छन् ।

चवालीस वर्षका लाङले कसरी मुसा पक्रिन्थे र कसरी पकाएर खान्थे भनी एउटा भिडियोमा देखाएका थिए । 

भियतनाम युद्धका बेलामा पिताका साथ घरबाट भागेपछि लगभग ४१ वर्ष उनी टे ट्रा जिल्लाको जंगलमा बसे । सन् २०१३ मा उनी बाहिर आएका हुन् । 

मिडिया रिपोर्टहरूका अनुसार, लाङ आफ्ना पिता हो वान थान्हसँग युद्धको अन्तिम समयमा गाउँबाट भागेका थिए । उनका पिता भियतनाम सेनामा थिए । 

यस युद्धमा अमेरिकाको बम विस्फोटमा उनले आमा र दुई भाइबहिनी गुमाए । त्यसपछि उनका पिताले भाग्ने फैसला लिए । 

त्यसपछि बाउछोरा नै संसारको नजरबाट हराए । उनीहरू दोहोरो भिडन्तमा मारिन्छ भन्ने डरले लुकिरहे । 

उनी टार्जनजस्तै गरी ट्रीहाउसमा बसे । जनावरको छाला र रुखको बोक्राबाट बनेको कपडा लगाएर बसे । 

सन् २०१३ मा एक स्थानीयले उनीहरूलाई देखे । त्यसपछि बिस्तारै उनीहरू समाजमा घुलमिल हुन थाले । लाङ अहिले जंगलनजिकैको एक घरमा बस्छन् । 

लाङ बाहिरी संसारबाट पूरै अलग छन् । सभ्यताका बारेमा उनलाई त्यति मात्र थाहा छ जति उनका पिताले उनलाई बताएका छन् । उनी बिस्तारै समाजमा घुलमिल भइरहेका छन् । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्