०४ साउन २०८३, सोमबार

नदीमा बगेर बेपत्ता भएका वृद्धको शव फेला

साउन १८, २०८२
कञ्चनपुर
नदीमा बगेर बेपत्ता भएका वृद्धको शव फेला

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ३ जोनापुरस्थित स्याली नदीमा बगेर बेपत्ता भएका अन्दाजी ७० वर्षीय गणेश कुँवरको शव आज फेला परेको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुरस्थित शिवरमा बस्दै आएका कुँवर नदी तर्ने क्रममा शुक्रबार साँझ बगेर बेपत्ता भएका थिए ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतका अनुसार खोजतलास गर्ने क्रममा बगेको ठाउँभन्दा करिब दुई किलोमिटर दक्षिण सनवोरा र स्याली नदीको दोभानमा आज कुँवरको शव फेला परेको हो ।

शव परीक्षण गर्नका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाइएको जनाउँदै उनले कुँवरको तीन दिनसम्म प्रहरी, स्थानीय बासिन्दालगायतले खोजी गरिएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्