१२ असार २०८३, शुक्रबार

स्टालिनको रेकर्डनजिक पुगे पुटिन

मंसिर २४, २०७४
स्टालिनको रेकर्डनजिक पुगे पुटिन

काठमाडौं, २४ मंसिर — रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बुधवार चौथो कार्यकालका लागि लड्ने घोषणा गरेका छन् । उनी मार्च २०१८ मा हुने चुनावमा लड्नेछन् । 

चुनावमा जिते भने उनको ६ वर्षे कार्यकाल सन् २०२४ मा सकिनेछ र उनको प्रधानमन्त्री कार्यकाललाई पनि जोड्दा सत्तामा २४ वर्ष हुनेछ । यसरी उनी रुसी नेता जोसेफ स्टालिननजिक पुग्नेछन् जसको कार्यकाल २९ वर्षको थियो । 

सन् १९९१ मा सोभियत संघ विघटन भएपछि रुसीहरू गरीबी र अस्थायित्वसँग लडे । सन् २००० मा पुटिन राष्ट्रपति बनेपछि भने देश समृद्ध भयो । 

पुटिनले लगातार ६ हजार ६ सय २ दिन सत्तामा बसेर सेप्टेम्बरमा लिओनिद ब्रेझनेभलाई पछि पारेका छन् । ब्रेझनेभ १८ वर्ष एक महिना रुसको सत्तामा थिए । 

रुसले उनलाई यस्ता नेता मान्छन् जसले सिरियाको गृहयुद्धमा सैन्य हस्तक्षेप गरेर देशलाई विश्वसामु उच्च सम्मान दिलाए । 

सन् २०१४ देखि पुटिनको अप्रुभल रेटिङ लगातार ८५ प्रतिशत छ । क्राइमियालाई रुसमा गाभेपछि पुटिनको लोकप्रियता चुलिएको हो । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्