
काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
जसअनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा सानो (लोकल) २० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३१ रुपैयाँ न्युनतम मूल्य कायम भएको छ ।
यस्तै आलु रातो प्रतिकिलो ४४ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३५ रुपैयाँ, आलु रातो (मुडे) प्रतिकिलो ४२ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिला ३६ रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो ९० रुपैयाँ, गाजर (तराई ) ८० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो १८ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ७० रुपैयाँ, काउली तराई प्रतिकिलो ५० रुपैयाँ, रातो मूला प्रतिकेजी ३५ रुपैयाँ, सेतो मूला (हाइब्रीड) प्रतिकिलो ३० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो १५ रुपैयाँ कायम भएको छ ।
यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो ६० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ५० रुपैयाँ, टाटे सिमी मूल्य प्रतिकिलो ५० रुपैयाँ, भटमास कोसा प्रतिकिलो १०० रुपैयाँ, तीतो करेला प्रतिकिलो २० रुपैयाँ, लौका प्रतिकिलो ४० रुपैयाँ, परवर (तराई) प्रतिकिलो ५० रुपैयाँ, चिचिण्डो प्रतिकिलो २० रुपैयाँ, घिरौला प्रतिकिलो ३५ रुपैयाँ, झिगुनी प्रतिकिलो ४५ रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ४० रुपैयाँ, फर्सी हरियो (डल्लो) प्रतिकिलो ४० रुपैयाँ, भिण्डी प्रतिकिलो ४५ रुपैयाँ कायम गरिएको छ ।
