३१ असार २०८३, बुधबार

यसपटकको चुनावले हिरो बनाएकाहरु, जसले हेभिवेटलाई हराए !

मंसिर २४, २०७४
यसपटकको चुनावले हिरो बनाएकाहरु, जसले हेभिवेटलाई हराए !

काठमाडौं २४ मंसिर–राजनीतिक दलका हेभिवेट नेतालाई पराजित गरेर यसपटकको चुनावमा केही ‘लो प्रोफाइल’ नेताले राजनीतिक हाइट बढाएका छन् । 

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमलाई पराजित गरेर नेपाली कांग्रेसका सञ्जय गौतम विजयी भए । वामपन्थी गठबन्धनको एकजना अबधारणाकार समेत रहेका वामदेवलाई हराएर सञ्जय चर्चामा आए ।

भावी प्रधामनन्त्रीका एकजना दावेदारको रुपमा प्रचार गरिएका गौतमलाई साढे सात सय मतअन्तरले सञ्जयले वामदेवलाई पराजित गरे । सञ्जयले ४४ हजार ८ सय २९ मत ल्याउदा वामदेवले ४४ हजार ७६ मत पाए ।

२०४८ सालदेखि अपराजित नेपाली कांग्रेसका रामचन्द्र पौडेललाई पराजित गरेर नेकपा एमालेका कृष्णकुमार श्रेष्ठ किशानपनि चर्चाको शिखरमा छन् । एमालेका ‘लो प्रोफाइल’ नेता श्रेष्ठले पौडेललाई झण्डै ७ हजार मतअन्तरले पराजित गरे । किशानले ३४ हजार ४ सय ८९ मत पाउदा रामचन्द्रले २७ हजार ६ सय ७५ मत पाए । 

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी डा आरजु देउवा राणालाई पराजित गरेर नेकपा एमालेका ‘लो प्रोफाइल’ नेता नारदमुनी राना थारु विजयी भए । 

प्रधानमन्त्री पत्नी आरजुले चुनाव जित्ने निश्चित रहेको विश्लेषण भइरहेका बेला उनलाई पराजित गरेर रानाले आफ्नो राजनीतिक हाइट उचो बनाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्