
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।
मंगलबार प्रदेश प्रमुख दीपक प्रकाश देवकोटाले उनलाई मुख्यमन्त्री नियुक्त गरेका छन् । बानियाँले सोमबार मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए ।
यसअघि बागमतीमा कांग्रेसकै बहादुर सिंह लामा मुख्यमन्त्री थिए । उनलाई कांग्रेस संसदीय दलमा आफ्नै पार्टीका सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।
त्यसपछि भएको निर्वाचन प्रक्रियामा लामालाई हराउँदै बानियाँ दलको नेतामा चुनिएका थिए । उनी दलको नेतामा चुनिएपछि लामाले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।
बानियाँ एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।
