१२ असार २०८३, शुक्रबार

मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु

साउन २०, २०८२
कञ्चनपुर
मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार शुक्लाफाँटा नगरपालिका–११ स्थित पूर्व-पश्चिम राजमार्गमा धनगढीबाट महेन्द्रनगर आउँदै गरेको सुप प्र ०२ ००३ प ४८६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा शुक्लाफाँटा नगरपानलिका–७ पीताम्बरका ४४ वर्षीय गजेन्द्रबहादुर कुँवरको मृत्यु भएको हो ।

टाउकोमा गम्भीर चोट लागेका कुँवरको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी बोहराले बताए ।

salt training

कमेन्ट गर्नुहोस्