२६ जेठ २०८३, मंगलबार

राजर्षिजनक विश्वविद्यालयको परीक्षा नियन्त्रकमा प्राडा महतो नियुक्त

साउन २०, २०८२
काठमाडौं
राजर्षिजनक विश्वविद्यालयको परीक्षा नियन्त्रकमा प्राडा महतो नियुक्त

राजर्षिजनक विश्वविद्यालयले केन्द्रीय परीक्षा सञ्चालन तथा अभिलेख केन्द्रको परीक्षा नियन्त्रक पदमा प्राडा श्यामकिशोर महतोलाई आज नियुक्त गरेको छ । 

उक्त विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णय अनुसार उनलाई  चारवर्षका लागि परीक्षा नियन्त्रक पदमा नियुक्त गरिएको विश्वविद्यालयका रजिष्ट्रार सत्यनारायण साहद्वारा जारी पत्रमा जनाइएको छ । सो पत्रमा राजर्षिजनक विश्वविद्यालयलको ऐन तथा नियमावली, २०७५ अनुसार महतोलाई काम गराउने उल्लेख गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्