०६ असार २०८३, शनिबार

चौंथो संस्करणको ‘डिजिटल नेपाल कन्क्लेभ’ हुँदै

साउन २१, २०८२
काठमाडौं
चौंथो संस्करणको ‘डिजिटल नेपाल कन्क्लेभ’ हुँदै

 आगामी साउन ३० गते डिजिटल नेपाल कन्क्लेभको चौंथो संस्करण आयोजना हुने भएको छ । आइसीटी फाउन्डेसन नेपालले ‘इम्पावरिङ डिजिटल नेपाल दुगेदर’ नारासहित ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ आयोजना गर् लागेको हो । यस वर्षको मुख्य थिम ‘डिजिटल सिनर्जी: ट्रान्सफर्मिंङ गभर्नेन्स, इकोनोमी एण्ड सोसाइटी’ रहेको छ ।

पुल्चोकस्थित द प्लाजामा आयोजना हुने कन्क्लेभमा ८ बढी सेसनमा राष्ट्रिय, अन्तर्रास्ट्रिय विज्ञसहित ५० बढी वक्ताहरू रहने छन् । अन्तरास्ट्रिय कम्पनी गुगलको समेत सहभागिता हुने कन्क्लेभमा डिजिटल गभर्नेन्स, डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर, डिजिटल स्वास्थ, डिजिटल इकोनोमी, आइसिटी इन्डस्ट्री डिस्कोर्स, पावर संवाद लगायतका सेसन हुनेछन् । 

यस वर्ष कन्क्लेभमा शोधपत्र (रिसर्च पेपर) प्रस्तुतिको अवसरसमेत प्रदान गरिने छ । डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गतका विभिन्न ८ क्षेत्रलाई समेटेर रिसर्च पेपर र नवीन प्रविधि तथा पहलहरूलाई (डिजिटल इनिसिएटिभ्स)हरु प्रस्तुत हुनेछन् । कन्क्लेभमा १५ बढी डिजिटल इनिसिएटिभ्स(प्रडक्ट)हरू शोकेसमा पनि रहने आयोजकले जानकारी दिएको छ ।  

कार्यक्रममा संघ, प्रदेश र स्थानीय सरकारका प्रतिनिधि, नीति निर्माता, विज्ञ, उद्यमीसहित ५०० बढीको प्रत्यक्ष सहभागिता रहने अपेक्षा छ । डिजिटल नेपाल कन्क्लेभको वेबसाइट digitalconclave.org बाट शोधपत्र र डिजिटल पहलहरू शोकेसका लागि आवेदन दिन तथा कन्क्लेभबारे विस्तृत जानकारी लिन सकिने आयोजकले जनाएको छ ।

आइसीटी फाउन्डेसनले यस वर्ष प्रि-इभेन्टको रूपमा कर्णाली प्रदेशमा २ दिने ‘डिजिटल कर्णाली कन्क्लेभ’ र मधेश प्रदेशमा एक दिने ‘डिजिटल मधेश कन्क्लेभ’ आयोजना गरेको थियो भने सातै प्रदेशमा डिजिटल साक्षरतासम्बन्धी अभियान ‘आइसीटी ज्ञान’ कार्यक्रम सन्चालन गरेको थियो । 

डिजिटल नेपाल कन्क्लेभ’ कार्यक्रममा डिजिटल रुपान्तरणको लागि सरकारले गरिरहेको प्रयास, योजना र कार्यक्रमसंगै लक्ष्य प्राप्त गर्न गर्नुपर्ने सन्दर्भमा बृहत् छलफल, प्रस्तुति र अन्तरक्रिया हुनेछ ।

सन् २०१९ मा नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क सार्वजनिक गरेसँगै फाउन्डेसनले नेपालको डिजिटल रूपान्तरण र इकोसिस्टम विकासको लागि विभिन्न अभियान र कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्