१० असार २०८३, बुधबार

स्थानीयले सडकको खाल्डोमा केरा रोपेपछि थालियो मर्मत !

साउन २२, २०८२
काठमाडौं
स्थानीयले सडकको खाल्डोमा केरा रोपेपछि थालियो मर्मत !

दाङमा स्थानीयले सडकको दूरावस्थाको विरोध स्वरूप केरा रोपिदिएपछि बल्ल मर्मत थालिएको छ ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको भालुवाङदेखि लमहीसम्मको सडक मर्मत शुरू भएको हो । 

राप्ती गाउँपालिका-१ पाखापानीमा स्थानीय बासिन्दाले सडकमा बनेको खाल्डोमा केरा रोपेर विरोध जनाएका थिए ।

त्यसपछि बिहीबारदेखि सडक विभागले स्थानीयले रोपेका केरा हटाउँदै सडक मर्मत थालेको हो । 

salt training

कमेन्ट गर्नुहोस्