
साताको अन्तिम कारोबारका दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ ।
बिहीबार नेप्से परिसूचक १८.३० अंकले बढेर २८५०.३७ को विन्दुमा कायम भएको हो । अघिल्लो दिन बुधबार नेप्से परिसूचक १.९ अंकले घटेर २८३२.०६ को विन्दुमा बन्द भएको थियो ।
आज कूल २ करोड ५४ लाख ३ हजार ५४० कित्ता सेयरको खरिदबिक्री हुँदा ८ अर्ब ५३ करोड ७५ लाख ८१ हजार रूपैयाँको कारोबार भएको छ ।
आज सिक्लेस हाइड्रोपावर र वरुण हाइड्रोपावरका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् ।
बिहीबार बजार पूँजीकरण ४७ खर्ब ५७ अर्ब रूपैयाँ बढी पुगेको छ ।
साताको कारोबार:
साताको पहिलो कारोबार उच्च अंकको गिरावटबाट भएको थियो । पहिलो कारोबारका दिन ६३.७३ अंकले सेयर बजारमा गिरावट आएको थियो ।
साताको दोस्रो दिन १६.४६ अंकले बढेर २८५८.९० परिसूचक अडिएको थियो । सोमबार बजारमा कूल १२ अर्ब ८४ करोड रूपैयाँ बढीको कारोबार भएको थियो ।
त्यस्तै, मंगलबार सेयर बजारमा ०.६७ अंकको वृद्धि भएको थियो । यसदिन १० अर्ब ६३ करोड रूपैयाँ बढीको कारोबार भएको थियो ।
साताको चौंथो कारोबारका दिन बुधबार नेप्से परिसूचक १.९ अंकले घटेर २८३२.०६ को विन्दुमा बन्द भएको थियो । यसदिन ७ अर्ब ६३ करोड १३ लाख ७५ हजार रूपैयाँको सेयर कारोबार भएको थियो ।
साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से परिसूचक १८.३० अंकले बढेर २८५०.३७ को विन्दुमा बन्द भएको छ ।