३१ असार २०८३, बुधबार

थुनामुक्त हुन पाउँ भन्दै अदालतमा रवि लामिछानेको निवेदन, बुझाए २ करोड ७४ लाख बैंक ग्यारेन्टी

साउन २२, २०८२
काठमाडौं
थुनामुक्त हुन पाउँ भन्दै अदालतमा रवि लामिछानेको निवेदन, बुझाए २ करोड ७४ लाख बैंक ग्यारेन्टी

सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बैंक जमानतमा रिहाइको माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन दर्ता गरेका छन् ।

लामिछानेले साउन १९ गते रुपन्देही जिल्ला अदालतमा निवेदन दर्ता गराएका थिए । रुपन्देही जिल्ला अदालतका स्रेस्तेदार विकास बस्नेतका अनुसार बिगो बमोजिमको रकम २ करोड ७४ लाख ८४ हजार रूपैयाँको प्रभु बैंकको बैंक ग्यारेन्टी समेत लामिछानेले निवेदन साथ बुझाएका छन् । 

‘उहाँले (रवि लामिछानेले) दिनुभएको निवेदन इजलासमा समेत पेस भइसकेको छ । अब अर्को साता पेसी चढेर त्यसमा सुनुवाइ भएर केही आदेश हुनसक्छ होला,’ स्रेस्तेदार बस्नेतले लोकान्तरसँग भने, ‘त्यसअघि रेगुलर पेसी तोकिएकोमा उहाँकै कानून व्यवसायीले पेसी स्थगित गर्नुभएको थियो । अब अर्को साता सायद पेसी तोकिन्छ होला ।’

निवेदनमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ अनुसार बैंक जमानत लिई दफा ७१ बमोजिम थुनामुक्त गराउन आदेश माग गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्