१६ असार २०८३, मंगलबार

बेरुजु फछ्र्यौट र रुग्ण ठेक्का व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्न मन्त्री दाहालको निर्देशन

साउन २२, २०८२
काठमाडौं
बेरुजु फछ्र्यौट र रुग्ण ठेक्का व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्न मन्त्री दाहालको निर्देशन

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पूर्वाधार निर्माणसँगै बेरुजु फछ्र्यौट र रुग्ण ठेक्का व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिएका छन् । 

सडक विभागको गत आर्थिक वर्षको कार्यसम्पादनको समीक्षा कार्यक्रमको आज समापनसत्रमा उनले कार्यसम्पादनका हरेक चरणमा आर्थिक सुशासन कायम गर्न निर्देशन दिएका हुन् । गुणस्तरीय निर्माणलाई अघि बढाउन विभागअन्तर्गत रहेका प्रयोगशालाको क्षमता विकास गरी पूर्ण रुपमा सञ्चालनको वातावरण बनाउन उनले निर्देशन दिएको मन्त्री दाहालको सचिवालयले जनाएको छ । 

पुल निर्माणका क्षेत्रमा देखिएका समस्यालाई मन्त्रालयले गम्भीर रुपमा लिएको भन्दै मन्त्री दाहालले समस्याग्रस्त पुलको निर्माण अघि बढाउन विशेष ध्यान दिन आवश्यक रहेको बताए । 

यस्तै उत्तर दक्षिण राजमार्ग, त्रिदेशीय करिडोर, राजस्व सङ्कलनमा सहयोग पुग्ने संरचना, कृषिउपजको बजारीकरणलगायतमा सहयोग पुग्ने आयोजना, योजनामा विशेष ध्यान दिइने उनको भनाइ थियो ।


 

salt training

कमेन्ट गर्नुहोस्