११ असार २०८३, बिहीबार

ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

साउन २६, २०८२
मुस्ताङ
ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

मुस्ताङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छभने एक जना घाइते भएका छन् । 

फर्निचरको सामान लोड गरी जोमसोमबाट मार्फातर्फ जाँदै गरेको  ग १ त ७५०२ नम्बरको ट्याक्टर घरपझोङ–३ स्याङ स्थित बेनी–जोमसोम सडकमार्गमा हिजो साँझ करिब साँढे ८ बजेको समयमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरी निरीक्षक विकास क्षेत्रीले जानकारी दिए । 

दुर्घटनामा घाइते भएका निसी खोला गाउँपालिका–५ बाग्लुङका ३० वर्षीय ट्याक्टर चालक शेरबहादुर घर्ती मगरको उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक क्षेत्रीले बताए । 

दुर्घटनामा गोर्खा धार्चे गाउँपालिका–५ माछीखोला बस्ने ६० वर्षीय आशबहादुर गुरुङ घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको जिल्ला प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्