११ असार २०८३, बिहीबार

मनाङमा सार्वजनिक यातायातको भाडा आधा घटाइयो

साउन २६, २०८२
मनाङ
मनाङमा सार्वजनिक यातायातको भाडा आधा घटाइयो
फाइल तस्वीर

मनाङको बेसीसहर–चामे–खाङसार सडकमा सञ्चालित सार्वजनिक यातायातका साधनको भाडादर घटाइएको छ । साविकको तुलनामा आधा भाडादर घटाइएको हो । 

सार्वजनिक यातायात आचारसंहिता, २०६७ को परिपालना गर्नेसम्बन्धी निर्णयको पालनका सम्बन्धमा बृहत् छलफल पश्चात् नयाँ भाडादर निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिए ।

आगामी दिनमा उक्त आचारसंहिताको पूर्ण रूपमा परिपालना गर्न निर्देशन दिने, सोको निरन्तर अनुगमन, मूल्याङ्कन गर्ने तथा उल्लङ्घन भएको पाइएमा कानून बमोजिम कारवाही गर्ने निर्णय गरिएको छ । 

साथै सडकखण्डको अवस्थामा आएको सुधार, यात्रुको भाडादरमा भएको समायोजन तथा जिल्लाको स्वीकृत जिल्ला दररेटका आधारमा ढुवानीको दरसमेतलाई समायोजन गर्ने निर्णय गरिएको छ । 

प्रजिअ आचार्यले भने, 'अस्थायी मार्ग तथा भाडा निर्धारण समितिको बैठकबाट भाडादर निर्धारण गरिएको छ । भाडा निर्धारण गरिएपछि स्थानीयलाई सहज हुनेछ ।' बैठकले विगतमा एक हजार ५०० भाडा लिने सो रुटको भाडादर हाल ७५० निर्धारण गरेको छ । नयाँ भाडादर आगामी भदौ १ गतेबाट लागु हुनेछ ।


 

salt training

कमेन्ट गर्नुहोस्