
अष्ट्रेलियाले पनि प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिने भएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको महासभामा आफ्नो देशले प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिने बताएका हुन् ।
यसअघि बेलायत, फ्रान्स र क्यानडाले प्यालेस्टाइनलाई स्वतन्त्र देशको रूपमा मान्यता दिने घोषणा गरिसकेका छन् ।
अल्बानीजले भने, 'दुई देशलाई मान्यता दिनु भनेको मध्यपूर्वमा हिंसा अन्त्य गर्ने र गाजामा द्वन्द्व, पीडा र भोकमरी अन्त्य गर्ने मानवताको उत्तम आशा मध्ये एक समाधान हो ।'
यसैबीच, गाजामा युद्धविरामको लागि बढ्दो दबाबको सामना गरिरहेको इजरायलले प्यालेस्टाइनलाई मान्यता दिनु आतंकवादलाई पुरस्कृत गर्नुजस्तै भएको बताएको छ।
भोकमरी र कुपोषणका कारण शनिबारदेखि गाजामा पाँच जनाको मृत्यु भएको छ। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार कुल मृत्यु हुनेको संख्या २१७ पुगेको छ।
मन्त्रालयले २०२३ देखि इजरायलको सैन्य कारबाहीमा कुल ६१ हजार भन्दा बढी मानिसहरू मारिएको बताएको छ ।