२९ जेठ २०८३, शुक्रबार

डा. उज्जवल पाटनीको 'बिजनेस ब्लु प्रिन्ट नेपाल' काठमाडौंमा हुँदै

मुख्य प्रायोजकमा शिवम् सिमेन्ट
साउन २६, २०८२
काठमाडौं
डा. उज्जवल पाटनीको 'बिजनेस ब्लु प्रिन्ट नेपाल' काठमाडौंमा हुँदै

प्रख्यात अन्तर्राष्ट्रिय उत्प्रेरक वक्ता डा. उज्जवल पाटनीद्वारा प्रस्तुत हुने 'बिजनेस ब्लु प्रिन्ट नेपाल' कार्यक्रम आगामी भदौ १२ गते हुने भएको छ ।​

काठमाडौंस्थित होटल म्यारिएटमा हुने कार्यक्रममा नेपालका व्यावसायिक तथा औद्योगिक क्षेत्रका अग्रणी व्यक्तित्वहरूको सहभागिता हुनेछ ।

व्यवसायमा सफलताको खाका, नेतृत्वदायी क्षमताको विकास, बिक्री रणनीति, ब्रान्ड निर्माण र आधुनिक व्यवसाय सञ्चालनका व्यावहारिक पक्षहरूमा केन्द्रित रहने उक्त कार्यक्रममा नेपालभरका व्यवसायी, युवा उद्यमी, स्टार्टअप संस्थापक तथा उद्योगीहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ।

कार्यक्रममा नेपाली व्यवसायी, उद्योगपति, युवा उद्यमी तथा स्टार्टअप प्रतिनिधिहरूलाई आधुनिक व्यावसायिक सोच, रणनीति, नेतृत्व कौसल, तथा ब्रान्ड निर्माणजस्ता महत्त्वपूर्ण पक्षको मार्गदर्शन गर्नु रहेको छ। कार्यक्रममा सहभागीहरूले व्यावसायिक सफलता प्राप्त गर्न आवश्यक व्यवहारिक रणनीति, कार्यान्वयनका तरिका र उत्प्रेरणादायी विचारहरू प्रत्यक्ष रूपमा अनुभूति गर्न पाउनेछन् ।

राजधानीको म्यारीयट होटलमा मिति २०८२ साउन २५ गते आयोजना गरिएको पत्रकार सम्मेलनमा कार्यक्रमका संयोजक तथा जिनियस टल्कस्का प्रबन्धक कृष्ण शाहले यस्ता खालका कार्यक्रमले बिजनेसमा थप प्रेरणा र टेवा पुर्‍याउने बताए ।​ 

null

पाटनीले आजसम्म १० हजारभन्दा बढी यस्ता खालका सेमिनारहरू गर्दै आएका समेत उनले जानकारी दिए । उनको काठमाडौं यो पहिलो शो हो ।

कार्यक्रममा शिवम् सिमेन्टका सेल्स एन्ड मार्केटिङ हेड निखिल अग्रवालले व्यावसायिक क्षेत्रको विकासका लागि विभिन्न क्षेत्रमा ज्ञान रहेका विज्ञहरूको अनुभवले उर्जा प्राप्त हुने र यस्ता खालका कार्यक्रममा शिवम् सिमेन्ट सहकार्य गर्न तयार रहेको बताए ।

डा. पाटनीले यसअघि भारत तथा अन्य देशहरूमा सञ्चालन गरेका यस्ता कार्यक्रमहरू अत्यन्त सफल र प्रभावशाली सावित भएका छन् ।

नेपालमा पहिलोपटक आयोजना हुन लागेको यो संस्करणले व्यावसायिक समुदायलाई सशक्त, सचेत र रणनीतिमूलक बनाउने विश्वास लिइएको छ। यस कार्यक्रमले नेपालमा व्यवसाय सञ्चालनको सोच र दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

salt training

कमेन्ट गर्नुहोस्