३१ असार २०८३, बुधबार

कालीगण्डकी ‘करिडोर’ ३ दिनदेखि ठप्प

साउन २६, २०८२
बाग्लुङ
कालीगण्डकी ‘करिडोर’ ३ दिनदेखि ठप्प

अविरल वर्षाका कारण पहिरो खस्दा कालीगण्डकी ‘करिडोर’को बागलुङ खण्ड तीन दिनदेखि ठप्प बनेको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरको बागलुङ खण्डस्थित बागलुङ नगरपालिका–१३ कालीखोला बगरमा शनिबार चट्टानसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

अवरुद्ध सडक खुलाउन आइतबार दिनभर दुई स्काभेटर प्रयोग गरे पनि पहिरो ठूलो भएकाले अहिलेसम्म सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए  ।

उक्त खण्डमा यातायात ठप्प हुँदा यात्रुलाई समस्या भएको छ ।

ठूला–ठूला चट्टानसहितको पहिरो खसेका कारण सडक खुलाउन समस्या भइरहेको छ । कालीगण्डकी करिडोर आयोजनासँग समन्वय गरेर आज बिहानैदेखि पहिरो पन्छाउने काम पुनः थालिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्