०९ असार २०८३, मंगलबार

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

साउन २६, २०८२
सप्तरी
मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

 हुलाकी सड्क खण्डअन्तर्गत यहाँको बलानविहुल गाउँपालिका–६ शेहरा चोकमा आज मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
    
बलान बिहुल गाउँपालिका–२ दिघिया टोल बस्ने ३० वर्षीया शान्तिकुमारी यादवको मृत्यु भएको हो । शान्तिका देवर गयाप्रसाद यादवले चलाएको ‘अन टेस्ट’ मोटरसाइकलमा शान्तिकुमारीकी तीन वर्षीय छोरा समेत सवार थिए । उनीहरु बोदे बर्साइनबाट चन्हीतर्फ जाँदै थिए ।
    
सोही क्रममा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा शान्तिकुमारीकी तीन वर्षीय छोरा आदित्यसहित सबै घाइते भएका थिए ।

 उनीहरुलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज पठाइएको थियो । शान्तिदेवीको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले बताए । 
    
 चालक यादव शान्तिकुमारीकी तीन वर्षीय छोरा आदित्यलाई समेत लिई एम्बुलेन्सबाटै फरार भएको प्रहरीले जनाएको छ ।

    आजै शम्भुनाथ नगरपालिकामा भएको दुर्घटनामा एक युवकको ज्यान गएको थियो भने एक दम्पती घाइते भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्