२३ जेठ २०८३, शनिबार

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

साउन २७, २०८२
काठमाडौं
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

गत शुक्रबारदेखि निरन्तर उकालो लागको सुनको मूल्यमा आज केही कमी आएको छ । सोमबारको तुलनामा आज एक तोला सुनमा एक हजार ३०० रुपैयाँले गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल एक लाख ९६ हजार ८०० रुपैयाँ कायम भएको छ ।

सोही परिमाणको चाँदीको मूल्य दुई हजार ३०५ रुपैयाँ तोकिएको छ । सोमबार एक तोला चाँदी दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।

गत शुक्रबार एक तोला सुनको मूल्य एक लाख ९९ हजार २०० कायम भएको थियो । सोही दिन एक तोला चाँदी दुई हजार ३३० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्