०९ असार २०८३, मंगलबार

इलामको माइखोलामा जलसतह बढ्यो, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

साउन २८, २०८२
काठमाडौं
इलामको माइखोलामा जलसतह बढ्यो, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह
फाइल तस्वीर

इलामको माइखोला चिसापानी जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान सो केन्द्रको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा छ ।

नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा आवश्यक सावधानी अपनाउन विभागले सूचनामार्फत् आग्रह गरेको छ । विभागले नदी किनारका क्षेत्रमा सतर्कता अपनाउन ध्यानाकर्षण गराएको छ । 

त्यस्तै, सुनसरी जिल्लाको सार्दु खोला, मदन भण्डारी राजमार्गको जलमापन केन्द्रमा जलसतह केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा छ । 
नदी तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा आवश्यक सावधानी अपनाउन विभागले सूचनामार्फत् सचेत गराएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्