११ असार २०८३, बिहीबार

ठेकेदार र कामदार सेफ्टी ट्याङ्कीभित्र मृत फेला

साउन २८, २०८२
सुनसरी
ठेकेदार र कामदार सेफ्टी ट्याङ्कीभित्र मृत फेला

सुनसरीको दुहबी नगरपालिका–४ स्थित निर्माणाधीन घरको सेफ्टी ट्याङ्कीभित्र ठेकेदार र एक कामदार मृत फेला परेका छन् ।

मृत्यु हुनेमा दुहबी–२ का ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राई रहेका छन् ।

तामाङले घर निर्माणको पेटी ठेक्का लिएका थिए भने राई कामदार रहेका जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।

आज बिहान करिब १० बजे दुहबी–४ शिव मन्दिर चोकस्थित चन्द्रिका रौनियारको निर्माणाधीन घरको ट्याङ्कीमा उनीहरू मृत भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।

थप अनुसन्धान तथा फरेन्सिक परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विशेषज्ञ टोली घटनास्थलमा पुगेको प्रवक्ता खतिवडाले जानकारी दिए ।

प्रहरीका अनुसार मृत्युको कारण खुल्न बाँकी रहेको र घटना सम्बन्धमा थप अनुसन्धान शुरू गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्