२६ जेठ २०८३, मंगलबार
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री

सरकार बनाउने गणितले हो, २०८४ सम्म यही समीकरण अगाडि बढ्छ

साउन २८, २०८२
काठमाडौं
सरकार बनाउने गणितले हो, २०८४ सम्म यही समीकरण अगाडि बढ्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ सालको निर्वाचनसम्म अहिलेकै राजनीतिक समीकरणको सरकार चल्ने बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै ओलीले सरकार गणितले बनाउने भन्दै निर्वाध चल्ने बताएका हुन् ।

मुलुकमा राजनीतिक र नीतिगत स्थिरता कायम गरौं र बिग्रेको अर्थतन्त्रलाई सही बाटोमा फर्काऔं भनेर संसद्का दुई प्रमुख दल मिलेर, अन्य दलको समेत सहयोगमा यो सरकार बनेको प्रधानमन्त्री ओलीले बताए । 

राजनीतिक, नीगिगत स्थिरता कायम गर्ने र  बिग्रेको अर्थतन्त्रलाई लयमा ल्याउने दुई दलीय सरकार बनेको भन्दै ओलीले अस्थिरताको पक्षपोषण नगर्न भनेका छन् । 

‘मुलुकमा राजनीतिक र नीतिगत स्थिरता कायम गरौं र बिग्रेको अर्थतन्त्रलाई सही बाटोमा फर्काऔं भनेर संसद्का दुई प्रमुख दलहरू मिलेर, अन्य दलहरूको समेत सहयोगमा यो सरकार बनेको हो । तर, विपक्षमा रहेका दलहरूलाई स्थिरता कति अप्रिय लागेको हो ? प्रमुख दल कांग्रेस र एमाले मात्रैको संसद्‌मा भारी बहुमत छ, त्यसमाथि अन्य दलहरू समेत यस सरकारमा सहभागी छन्,’ ओलीले भने, ‘सरकार बनाउने संसद्को गणितले हो । बलियो संसदीय गणितको जगमा उभिएको सरकार आजै ढल्छ, भोलि नै ढल्छ भनेर अस्थिरताका लागि हल्ला पिटिरहनेजस्तो अस्थिरताको यो पक्षपोषण केका लागि ? देशका लागि, राजनीति र नीतिगत स्थिरताका लागि त यो पक्कै होइन, र हुन सक्दैन । म सबैलाई स्पष्ट पार्न चाहन्छु,  अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ ।’

सोलोमनको न्याय विषयक एक कथा उद्धृत गर्दै ओलीले अहिलेको प्रणाली प्राण सरह प्रिय भएको उल्लेख गरे । 

‘लोकतन्त्रका लागि लड्ने र जेलनेलसहितको यातना भोग्ने हामी यहीँ छौं । हामीलाई यो प्रणाली ज्यान सरह प्रिय छ । यसको जीवनका लागि हामी कस्तै कष्ट सहन पनि तत्पर छौं,’ ओलीले भने, ‘कति लोकतन्त्र मन नपर्ने पनि यहीँ हुन सक्छौं । कति लोकतन्त्रको सम्वर्द्धनका लागि हैन, त्यसको उपभोग गर्ने– त्यसको हुर्मत लिने अभीष्ट भएका पनि हुन सक्छौं । तिनीहरूबाट यो प्रणाली जोगाऔं ।’

salt training

कमेन्ट गर्नुहोस्