०६ असार २०८३, शनिबार

अवरुद्ध जयपृथ्वी राजमार्ग १३ घण्टापछि सुचारु

साउन २९, २०८२
बैतडी
अवरुद्ध जयपृथ्वी राजमार्ग १३ घण्टापछि सुचारु
प्रतीकात्मक तस्वीर

जयपृथ्वी राजमार्ग १३ घण्टापछि खुलेको छ ।  राजमार्गको खोडपे–बझाङ सडकखण्ड अन्तर्गत बैतडीको सुर्नया गाउँपालिका–७ भञ्ज्याङमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । 

सडकमा खसेको पहिरो जेसीबीले पन्छाएपछि केहीबेर अघिदेखि राजमार्ग सञ्चालन भएको बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

लगातारको वर्षाले पहिरो पन्छाउन ढिला भएको थियो । सवारी साधन सञ्चालन भएसँगै अलपत्र यात्री आ–आफ्ना गन्तव्यतर्फ लागेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्