०९ असार २०८३, मंगलबार

११५ किलो बुद्धचित्तको दानासहित दुई चिनियाँ नागरिक पक्राउ

साउन २९, २०८२
काठमाडौं
११५ किलो बुद्धचित्तको दानासहित दुई चिनियाँ नागरिक पक्राउ

११५ किलो बुद्धचित्तको दानासहित प्रहरीले ठमेलबाट दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूलाई बुधबार राति ठमेलबाट नियन्त्रणमा लिएको हो । 

प्रहरीले उनीहरूको साथबाट १२ लाख ७० हजा रुपैयाँ समेत बरामद गरेको छ । 

उनीहरूबाट १२ लाख ७० हजार रुपैयाँ र बुद्धचित्त मापन गर्ने मेसिन समेत बरामद भएको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए । 

पक्राउ परेका चिनियाँ नागरिकद्वय लिउ जिङगातो र लिउ झिआसुआईमाथि प्रहरीले थप अनुसन्धान थालेको छ । उनीहरू भिजिट भिसामा नेपाल आएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्